Shikhar Insurance
National Life

कालीमाटी तरकारी बजारमा कृषिमन्त्रीको राजीनामा माग्दै किसानको प्रदर्शन

सिंहदरबार संवाददाता
२०८० श्रावण ८, सोमबार १५:०४
Hyundai
NCELL
NIMB

काठमाडाैं। सोमबार ९ वटा किसान संघसंगठनसँग आबद्ध राष्ट्रिय किसान सञ्जालले कालिमाटी तरकारी बजारका सटर पुनः भाडामा दिने सम्झौता खारेजीको माग राख्दै प्रदर्शन गरेका छन् ।

कृषिमन्त्री वेदुराम भुसालको राजीनामा माग गर्दै उनीहरुले कालिमाटी र बालाजु तरकारी बजारको भाडा सम्झौता  खारेज गर्न माग गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तरकारी बजारका सटर र स्टलहरु खुला प्रतिस्पर्धाका अधारमा भाडामा लगाउनुपर्ने, बिना प्रतिस्पर्धा भाडामा दिन सम्झौता खारेज गर्नुपर्ने, ५० प्रतिशत सटर र स्टलहरु उत्पादक किसानलाई छुट्याउनुपर्ने, किसान र उपभोक्ता हित विरोधी निर्णय खारेज गर्नुपर्ने, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर्नुपर्नेलगायतका माग किसानले राखेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्