Shikhar Insurance
National Life

सुन प्रकरणः भन्सार कर्मचारीसहित ६ जना पक्राउ

सिंहदरबार संवाददाता
२०८० श्रावण ८, सोमबार ११:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । राजस्व अनुसन्धान विभागले झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा सरकारी कर्मचारीसहित थप ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तीनजना भन्सारका कर्मचारी र तीनजना भन्सार एजेन्ट रहेका राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार भन्सार अधिकृत सन्तोष चन्द, जाँचकीकुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै भन्सार एजेन्टमा सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली पक्राउ परेका छन् । उनीहरूसँगै अहिलेसम्म उक्त एक सय किलो सुन तस्करी १६ जना पक्राउ परेका छन् । गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको अपरेसनमा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । उक्त  सुन हङकङबाट ल्याइएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्