काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले मौद्रिक नीतिले निजी क्षेत्रका कुनै पनि माग सम्बोधन नगरेको टिप्पणी गरेका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि सिंहदरबारसँग कुरा गर्दै परिसंघका अध्यक्ष अग्रवालले मौद्रिक नीतिबाट निजी क्षेत्र निरास रहेको बताएका हुन् ।
‘हामीले धेरै कुराको आस गरेका थियौं, तर हाम्रा कुनै पनि माग सम्बोधन भएन, हामी निरास भयौं’, परिसंघ अध्यक्ष अग्रवालले सिंहदरबारसँग भने । उनले अर्थतन्त्रबारे निजी क्षेत्रले मात्रै चासो लिनुपर्ने अवस्था आउनु दुःखद भएको पनि बताए । ‘हामीले दिएका कुनै पनि सुझावहरु यसमा समेटिएका छैनन्, यो मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउने गरि आएन’, परिसंघ अध्यक्ष अग्रवालले भने ।
अहिले निजी क्षेत्रलाई मात्रै नभएर आम नागरिक र सरकारलाई अप्ठेरो परेको तर राष्ट्र बैंकले त्यसको सम्बोधनको प्रयास नगरेको उनले बताए । ‘अहिले हामी निजी क्षेत्रलाई मात्रै होइन, जनतालाई पनि अप्ठेरो परेको छ ब्याजदर महंगो भएर, सरकारलार्य पनि अप्ठेरो छ बजार चलायमान नभएर मागको कमी छ र राजश्व उठ्न सकिरहेको छैन्, यस्तो मौद्रिक नीतिबाट अर्थतन्त्र चलायमान हुन्छ भन्ने अपेक्षा गर्न सकिन्न’, परिसंघ अध्यक्ष अग्रवालले भने ।
प्रतिक्रिया दिनुहोस्