Shikhar Insurance
National Life

मुक्तिनाथ विकास बैंक आइक्यानद्वारा चौथो पटक पुरस्कृत

सिंहदरबार संवाददाता
२०८० श्रावण ७, आईतवार १२:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणालीअन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरूलाई प्रदान गर्दै आएको पुरस्कार मुक्तिनाथ विकास बैंकले पुनः पाएको छ ।

जसअनुसार बैंक आर्थिक वर्ष २०७८/७९ को लागि गोल्ड अवार्डबाट सम्मानित भएको छ । यो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/७६ , २०७६/७७ , २०७/०७८ र २०७८/७९ गरी लगातार चौथो पटक पुरस्कृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको जनाइएको छ । गत शुक्रबार, काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको शपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो ।

उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरे बापत बैंकलाई दिइने उक्त पुरस्कारलाई प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्