Shikhar Insurance
National Life

चेम्बरद्वारा अन्तर्राष्ट्रिय व्यापार र भन्सार प्रक्रियाबारे युवा उद्यमीलाई प्रशिक्षण

सिंहदरबार संवाददाता
२०८० श्रावण ५, शुक्रबार १७:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय व्यापार पहुँच एवं भन्सार प्रक्रियाबारे युवा उद्यमीहरुलाई प्रशिक्षण दिएको छ । विश्व बजारमा भन्सारको प्रक्रिया, निर्यात जन्य वस्तुहरुको हार्मोनिक कोडलगायतका प्राविधिक विषयमा चेम्बरले करिब ५० जना युवा उद्यमीलाई प्रशिक्षण दिएको हो । व्यापार तथा निकासी प्रवर्द्भन केन्द्रको प्राविधिक सहयोगमा चेम्बरले ४ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको समापन समारोहलाई सम्वोधन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले युवा उद्यमीहरुलाई निर्यात प्रवर्द्भनमा सहयोग पुर्याउनका लागि प्रशिक्षण आयोजना गरिएको जानकारी दिए । मुलुकभित्र रहेका प्राकृतिक स्रोतको उच्चतम प्रयोग गरेर निर्यात प्रवर्द्भनमार्फत व्यापार घाटा कम गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष मल्लले भने, ‘आयात र निर्यातबीचको असन्तुलनका कारण व्यापार घाटा ९ गुणा सम्मले वृद्धि भएको छ। आन्तरिक उत्पादन वृद्धि गरेर निर्यात प्रवद्र्धनका लागि युवा उद्यमीलाई आकर्षित गराउन आवश्यक छ।’

मुलुकभित्र प्राकृतिक स्रोत र साधनको उच्चतम प्रयोग गरेर वस्तुहरु उत्पादन एवं निर्यात प्रवर्द्भन नका लागि चेम्बरले आफ्नो लोगो उपलव्ध गराउनेसमेत अध्यक्ष मल्लले प्रतिबद्धता जनाए ।
निर्यात अभिवृद्धिका लागि भन्सार सहजिकरण एवं मुख्य मुख्य नाकामा अन्तराष्ट्रियस्तरको क्वारेन्टिन ल्याव स्थापना गर्नुपर्ने अध्यक्ष मल्लले बताए।

निर्यात प्रवर्द्भनका लागि उत्पादिन वस्तुहरुको प्याकेजिङ र ब्रान्डिङमा समेत चेम्बरले सहयोग गर्ने अध्यक्ष मल्लले बताए । अन्तर्राष्ट्रिय व्यापार पछिल्लो समय डिजिटल युक्त बन्दै गएकाले अनलाइन डेलिभरीलाई व्यवस्थित बनाउनुपर्ने उनको भनाइ छ ।

भन्सारमा कारोबार मूल्यलाई मान्यता दिई सन्दर्भ मूल्यलाई खारेज गरिनुपर्नेमा उनले जोड दिए । चेम्बले व्यापार सहजीकरणका लागि प्रत्येक वर्ष युवा उद्यमी लक्षित विभिन्न कार्यक्रम गर्ने बताए।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्