Shikhar Insurance
National Life

केटीएम सिटीका सामान किन्दा टिसर्ट र टप्स उपहार

सिंहदरबार संवाददाता
२०८० श्रावण ५, शुक्रबार १२:२५
Hyundai
NCELL
NIMB

काठमाडौं। केटीएम सिटीले मनसुन धमाका अफर बजारमा ल्याएको छ । मनसुन बोनान्जा अफरमा मनसुनलाई केन्द्रित गर्दै केटीएम सिटीका सामानमा विशेष छुटको व्यवस्था गरिएको छ ।

उच्च स्तरको लाइक्रा फेब्रिकबाट उत्पादित लुगाको मूल्य ९० रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ । ग्राहकहरुले ९० रुपैयाँदेखिको मूल्यमा टिसर्ट, टप्स, सट्स, लेगिन्स, पोलो टिसर्ट, विनचिटर्स प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

केटीएम सिटीले दुई हजारभन्दा बढी मूल्यको सामान किन्दा उपत्यका बाहिरसमेत निःशुल्क डेलिभरीको व्यवस्था गरिएको जनाएको छ । त्यस्तै हजारभन्दा बढीको सामान किन्दा काठमाडौं उपत्यकामा समेत निःशुल्क डेलिभरी गरिनेछ । थप जानकारी नजिकैको आउटलेटमा पुगेर लिन सकिने र केटीएम सिटीको डिजिटल प्लेटफर्म, एप र वेवसाइटबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाली ब्रान्ड केटीएम सिटीले सुलभ मूल्यमा गुणस्तरीय लुगा, कपडा बजारमा उपलब्ध गराउँदै आएको छ । नेपालमा प्राप्त सफलतासँगै केटीएम सिटीले भारत र क्यानडामा समेत आफ्नो सेवालाई विस्तार गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्