Shikhar Insurance
National Life

निःशुल्क फोहाेर उठाउँदै भानु नगरपालिका

सिंहदरबार संवाददाता
२०८० श्रावण ५, शुक्रबार १०:५६
Hyundai
NCELL
NIMB

दमाैली । तनहुँको भानु नगरपालिकाले नगरवासीको घर–घरबाट निस्कने फोहाेरमैला निःशुल्करूपमा उठाउने गरेको छ । नगरपालिकाले दैनिक नगरवासीको घरबाट निस्कने फोहाेरमैला उठाउने गरेको छ ।

नगरपालिकाले बजार क्षेत्रका बस्तीबाट दैनिक फोहरमैला उठाउने गरेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । “घर–घरबाट फोहरमैला उठाएर नगरपालिकाकै स्वामित्वमा रहेको जग्गामा व्यवस्थापन गर्ने गरेका छौँ”, उनले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नगरपालिकाले विशेषगरी डुम्रे, तुरतुरे, कालिमाटी, पुर्कोट, भन्सार, नारेश्वरटार, बारीफाँट, टुरेपसललगायत स्थानबाट फोहाेरमैला उठाउने गरेको त्रिपाठीले बताए । “नगरपालिकाभित्र फोहाेरमैलाको दुर्गन्ध फैलन नदिन निःशुल्क फोहर उठाउने गरेका हौँ, सरसफाइ तथा फोहाेरमैलासम्बन्धी कार्यविधि बनाउने तयारीमा छौँ”, उनले भने ।

फोहाेरमैला भानुका–१ अँधेरीखोला किनार नजिकै व्यवस्थापन गर्ने गरिएको छ । सबै वडाबाट संकलित फोहरमैला नगरपलिकाकै स्वामित्वमा रहेको ३५ रोपनी जग्गामा व्यवस्थापन गर्दै आएको नगरप्रमुख त्रिपाठीले बताए। उक्त जग्गा नगरपालिकाले फोहाेर व्यवस्थापनका लागि उक्त जग्गा खरिद गरेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्