Shikhar Insurance
National Life

पुनर्बीमा कमिसन घटाएकोमा निर्जीवन बीमा कम्पनीहरुको आपत्ति

सिंहदरबार संवाददाता
२०८० श्रावण ४, बिहीबार २२:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिले पुनर्बीमाको कमिसन घटाएको भन्दै निर्जिबन बीमा कम्पनीहरुले आपत्ति जनाएका छन् । नेपाल रि र हिमालयन रिले नेपाल निर्जीवन बीमा कम्पनीहरुबाट प्राप्त गरिरहेको प्रत्यक्ष हिस्सा(डिरेक्ट सेसन)को पुनर्बीमा कमिसन १४ प्रतिशतसम्म घटाएर सम्झौताको प्रस्ताव पठाएपछि कम्पनीहरुले आपत्ति जनाएका हुन् ।

नेपालमा सञ्चालित दुबै पुनर्बीमा कम्पनीहरुले प्रत्यक्ष हिस्साको पुनर्बीमामा अधिक नाफा हुने देखेपछि १४ प्रतिशतसम्म कमिसन घटाएर नयाँ सम्झौताका लागि प्रस्ताव पठाएका छन् । न्युन जोखिम र अधिक मुनाफा हुने बीमाहरुकै कमिसनमा भारी कटौतीको प्रस्ताव आएपछि बीमा कम्पनीहरुले सम्झौता नै नगर्ने चेतावानी समेत दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दुई पुनर्बीमा कम्पनीले गत आर्थिक बर्ष सम्पति बीमामा ३७.५० प्रतिशत कमिसन दिएका थिए तर यसपाली २५ प्रतिशत प्रस्ताव गरेका छन् ।
मोटर बीमाको ३० र २५ प्रतिशत कमिसनलाई यसपाली २० प्रतिशत प्रस्ताव गरिएको छ । इञ्जिनियरिङ बीमाको २५ प्रतिशत कमिसनलाई १५ प्रतिशत र कृषि बीमाको १८ देखि २५ प्रतिशतसम्मको कमिसनलाई १५ देखि २२ प्रतिशतसम्म प्रस्ताव गरिएको छ ।

गत आर्थिक बर्षको कमिसन अनुसार नै नयाँ दररेट प्रस्ताव नभए नयाँ सम्झौता नगर्ने चेतावनी पनि बीमकहरुले दिएका छन् । जीवन बीमक संघले आवद्ध सबै कम्पनीका सिईओहरुको हस्ताक्षरसहित आफ्नो धारणा अघि सारेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्