Shikhar Insurance
National Life

प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का, थप कारबाहीका लागि छानबिन सुरु

सिंहदरबार संवाददाता
२०८० श्रावण ४, बिहीबार १७:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ । बजार मूल्य प्रभावित पार्ने सूचना लुकाएको भन्दै नेप्सेले प्रभुको सेयर कारोबार रोक्का गरेको हो ।

आइतबारदेखि  प्रभुको सेयर कारोबार अनिश्चितकालका लागि रोक्का गरिएको नेप्सेका सीईओ कृष्णबहादुर कार्कीले सिंहदरबारलाई बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबार रोक्का गरेर नेप्सेले थप कारबाहीका लागि अध्ययन अघि बढाएको पनि उनले जानकारी दिए । ‘ कारोबार रोक्का गरेका छौँ, थप छानबिन गरेर आवश्यक कारबाही गर्नेछौं ,’ नेप्सेका सीईओ कार्कीले भने ।

कम्पनीले असार २७ गतेको सञ्चालक समिति बैठक मार्फत ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । सो निर्णय असार २९ गते नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पठाएको कम्पनीले नेप्सेलाई भने साउन ४ गतेसम्म जानकारी दिएको थिएन् ।

बीमा प्राधिकरणले २०८० असार मसान्त भित्र चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गरेको थियो । पुँजी पुर्याउने प्रयोजनका लागि कम्पनीले अजोड इन्स्योरेन्ससँग मर्जरका लागि एमओयु गरेको थियो तर पछि मर्जर भाडियो । अजोडसँगको मर्जर भाडिएपछि कम्पनीले विदेशी साँझेदारी भित्र्याउने भनेको थियो । तर विदेशी साँझेदार पनि भित्र्याउन असफल रह्यो । मर्जरका लागि पार्टनर पनि नभेटिएको र विदेशी साँझेदार पनि फेला नपरेको भन्दै प्रभु इन्स्योरेन्सले ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको दावी गरेको छ ।

कम्पनीले ९९ करोड २८ लाख ७२ हजार २ सय १० रुपैयाँ बराबरले हुने ६५ प्रसितशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गर्दै अनुमति मागेको हो । प्रभुको हाल चुक्ता पुँजी एक अर्ब ३७ करोड ६१ लाख ३२ हजार २ सय रुपैयाँ रहेको छ । कम्पनीलाई अझै एक अर्ब १२ करोड ३८ लाख ६७ हजार ८ सय रुपैयाँ पुँजी अपुग छ । ६५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि अपुग हुने १३ करोड ९ लाख ९५ हजार ५ सय ९० रुपैयाँ बराबरको भने बोनस सेयर दिने कम्पनीले तयारी गरेको देखिन्छ ।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि तोकिएको पुँजी पुर्याउन अधिकतम ३० प्रतिशतसम्म मात्रै हकप्रद सेयर निष्काशन गर्न दिने बताउँदै आएको छ ।

 

प्रभु इन्स्योरेन्समाथि छानबिन हुन्छः नेप्से

६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रभु इन्स्योरेन्सको निर्णय

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्