Shikhar Insurance
National Life

प्रभु महालक्ष्मीको नेपालगन्ज, बर्दिबास, बुटवल र बाग्लुङमा अभिकर्ता मिलन समारोह

सिंहदरबार संवाददाता
२०८० श्रावण ४, बिहीबार १६:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्योरेन्सले देशका विभिन्न थप सहरहरूमा अभिकर्ता मिलन कार्यक्रम सम्पन्न गरेको छ । साउन ३ गते एकै दिन नेपालगन्ज, बर्दिबास (महोत्तरी), बुटवल र बाग्लुङमा कार्यक्रम सञ्चालन गरेको हो ।

मर्जरपछि व्यवसायको मुख्य अंग भएका अभिकर्ता फोर्सलाई एकीकृत गर्ने उद्देश्यले मर्जर लगतै देशैभरि अभिकर्ताहरुलाई खटाइएको थियो । साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई मर्जर पछिको कम्पनीको अवस्था, एजेन्सी सिस्टम, इन्सेन्टिभ र प्रचलनमा ल्याइने पोलिसीहरु बारेमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षण पछि दुवै कम्पनीका अभिकर्ताहरुसँग छलफल तथा अन्तरक्रिया समेत गरिएको जनाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम अन्तर्गत नेपालगंजमा किशोरा प्रसाद लामिछाने र रामेश्वर श्रेष्ठ, बुटवलमा प्रशान्तराज धमला र योगेन्द्रप्रसाद खतिवडा, बर्दिबासमा प्रयास श्रेष्ठ र सीताराम धिमाल तथा बाग्लुङमा कमल पन्थी र प्रभात श्रेष्ठले प्रशिक्षण दिएका थिए । उक्त सबै कार्यक्रममा १०० देखि २०० अभिकर्ताको सहभागिता रहेको इन्योरेन्सले जनाएको छ ।

कम्पनीले प्रशिक्षणलाई निरन्तरता दिने क्रममा आज ४ गते पोखरा र इटहरीमा तथा साउन ७ गते काठमाडौं अभिकर्ता मिलन तथा प्रशिक्षण कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्