Shikhar Insurance
National Life

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

सिंहदरबार संवाददाता
२०८० श्रावण ४, बिहीबार १५:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार सामान्य अंकको गिरावट आएको छ । साताको पहिलो कारोबारको दिनदेखि निरन्तर ४ कारोबारको दिन उकालो लागेको सेयर बजार आज भने सामान्य अंकले घटेर बन्द भएको हो ।

बिहिबार नेप्से परिसूचक घटेपनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसदिन विशाल बजार कम्पनी र लिबट्री इनर्जि कम्पानीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यसैगरी, अपर हेवाखोला हाइड्रोपावर कम्पनीको ८.२० प्रतिशत, बोटल्र्स नेपालको ७.८७ प्रतिशत, दोल्ती पावर कम्पनकिो ६.३१ प्रतिशत सिभिल लघुवित्तको ६.२३ प्रतिशत, अभियान लघुवित्तको ६.१५ प्रतिशतले सेयर मूल्य बढेको छ । भने, ग्लोबल आईएमई लघुवित्त र कर्पाेरेट डेपलपमेण्ट बैंकको ६ प्रतिशत भन्दा कम सेयर मूल्य बढेको छ । कारोबारमा आएको सिटिजन म्युचुअल फण्ड २ र कुमारी इक्वीटी फण्डको मूल्य १० प्रतिशतले घटेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहिबार १.३१ अंक घटेर २,१६३.९२ को विन्दुमा बन्द भएको छ । भने यसदिन ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स ०.०५ अंक बढेर ४१०.५२ को विन्दुमा बन्द भएको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ३४ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २६४ कम्पनीको ५४ हजार ९५४ पटकको कारोबारमा ३ अर्ब ५ करोड २४ लाख १० हजार रुपैयाँ बराबरको ८४ लाख २४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।कारोबारमा आएको ८८ कम्पनीको सेयर मूल्य बढेको छ । १२३ कम्पनीको घटेको छ भने, ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको १४ करोड २३ लाख भन्दा बढीको सेयर कारोबार भएको छ।

त्यस्तै, यस दिन सोल्टी होटलको ९ करोड ३४ लाख, हिमालयन इन्स्योरेन्सको ८ करोड ८२ लाख, ज्योती विकास बैंकको ८ करोड ३३ लाख र नबील बैंकको ७ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.३५ प्रतिशत बढेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन १.३९ प्रतिशत बढेको छ। कारोबारमा आएका म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्