Shikhar Insurance
National Life

भन्सार विभागका निर्देशक पौडेलको नेतृत्वमा छानबिन समिति गठन

सिंहदरबार संवाददाता
२०८० श्रावण ४, बिहीबार १२:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्र्याइएको सुनका विषयमा छानबिन गर्न भन्सार विभागले अनुसन्धान विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।

राजस्व अनुसन्धान विभागको टोलीले उक्त सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । सो प्रकरणमा ६ जना पक्राउ परिसकेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुन भित्रँदा संलग्न भन्सारका कर्मचारीमाथि समितिले छानबिन गर्ने उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो भवनमा आयाततर्फ खटिएका कर्मचारीको संलग्नताका विषयमा समितिले छानबिन गर्नेछ । छानबिनमा तानिने भन्सारका सबै कर्मचारीलाई निलम्बन गर्ने तयारीसमेत गरिएको छ ।

मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर हङकङबाट सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको राजस्व अनुसन्धान विभागले जनाएको छ । अनुमानित १०० किलो सुन बरामद गरिएको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्