Shikhar Insurance
National Life

काठमाडौं प्रहरीद्वारा कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ

सिंहदरबार संवाददाता
२०८० श्रावण ४, बिहीबार १०:४०
Hyundai
NCELL
NIMB

काठमाडाैं। जिल्ला प्रहरी परिसर काठमाडौंले विभिन्न समयमा अदालतबाट कैद र जरिवानाको फैसला भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीले आर्थिक वर्ष २०७९/८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवना फैसला सुनाएपछि फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले विभिन्न मितिमा अदालतले कैद र जरिवानाको फैसला सुनाएकामा फरार रहेकाहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिए। अदालतले पक्राउ परेका उनीहरुबाट १२ करोड ८७ लाख ९३ हजार रूपैयाँ जरिवना असुल गरेको छ । यस्तै विभिन्न समयमा अदालतबाट कैद र जरिवना ठहर भएका २३ हजार पाँच सय ९० व्यक्ति अझै फरार रहेको उनले बताए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आव २०७९/८० मा १८ हजार एक सय १२ मोबाइल हराएको भन्दै प्रहरी कार्यालयमा उजुरी परेको छ । हराएका मोबाइलमध्ये एक हजार छ सय ५० थान फेला परेको प्रवक्ता रिजालले बताए। काठमाडौं प्रहरीमा आव २०७९/८० मा विभिन्न शीर्षकमा दुई हजार एक सय ६३ उजुरी दर्ता भएका छन् । दर्ता भएका निवेदनमध्ये सवारीसाधनसम्बन्धी एक सय १६, रकम ठगीका नौ सय ९७, वैदेशिक रोजगारी ठगीका पाँच सय ४०, जग्गासम्बन्धी विवादका ४० र झैझगडा कुटपिटका ६३ उजुरी छन् ।

यसैगरी, घरेलु हिंसाका १५, सहकारी सम्बन्धी ठगीका ५०, अनलाइन ठगीका ४०, चेकसम्बन्धी ठगीका दुई सय ७६, सरसामान चोरीका २१ र मोटरसाइकल चोरीका तीन उजुरी परेका छन् । परेकामध्ये छ सय २१ उजुरी फस्यौट भएको र बाँकी पक्रियामा काठमाडौं प्रहरीले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्