Shikhar Insurance
National Life

सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशन गर्ने, मूल्य भने एक सय रुपैयाँ मात्रै

सिंहदरबार संवाददाता
२०८० श्रावण ३, बुधबार १९:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ४६ हजार ७ सय २९.५४५ कित्ता बराबरको ४६ लाख ७२ हजार ९ सय ५४.५० रुपैयाँ बराबरको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) गर्न लागेको हो ।

एफपीओ निष्काशनका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौता—पत्रमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी एक अर्ब, ९१ करोड ५४ लाख ५५ हजार ४ सय ६३ रुपैयाँ र चुक्ता पूँजी ९१ करोड ७ लाख ८२ हजार ५ सय ८.५० रुपैयाँ छ । कम्पनीले १ लाख ७१ हजार भन्दा बढी सदस्यहरुलाई सेवा दिदै आईरहेको छ र १९२ वटा शाखा कार्यलयहरुबाट आफ्नो सेवा प्रदान गरिरहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्