Shikhar Insurance
National Life

आयल निगमका कार्यकारी निर्देशक थानी ‘इन्जिनियरिङ एप्रिसियसन अवार्ड अफ बेस्ट म्यानेज्मेन्ट’ बाट सम्मानित

सिंहदरबार संवाददाता
२०८० श्रावण ३, बुधबार १३:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानी इन्जिनियिरङ एप्रिसियसन अवार्ड अफ बेस्ट म्यानेज्मेन्टबाट सम्मानित भएका छन् । नेपाल आयल निगमको कार्यकारी निर्देशक भएपश्चात थानीले देखाएको उच्च व्यवस्थापकीय क्षमताको कदर गर्दै नेपाल ईन्जिनियर्स एसोसियसन्स ले ६१ औ इन्जिनियर दिबसको अबसरमा उक्त अर्वाड प्रदान गरेको हो ।

थानीले नेपाल आयल निगमको जिम्मेवारी १५ महिना पहिला सम्हालेका थिए । पोस्ट कोभिट इफेक्टका साथौ रुस युक्रेन युद्धका कारण विश्वब्यापी रुपमा परेको इन्धनको संकटलाई उचित व्यवस्थापन गरेको, नेपालमा इन्धनको संकट आउन नदिएको, इन्डियन आयल कर्पोरेसनको बाँकी बक्यौता ३१ अर्ब रुपैयाँ चुक्ता गरी गत आवमा निगमलाई १८ अर्ब रुपैयाँ नाफामा लान सफल भएकाले थानीलाई यो अवार्ड प्रदान गरिएकोनेपाल ईन्जिनियर्स एसोसियसन्सले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

थानीले नेपाल आयल निगमको जिम्मेवारी सम्हालेपछि घाटामा रहेको निगम नाफामा गएको छ भने निगमले पूर्ण स्वचालित मूल्य लागूसमेत गरेको छ । जसबाट निगम घाटामा जाने संभावनाकाे समेत करिब अन्त भएको छ ।

सुर्खेत वीरेन्द्रनगरमा जन्मिएका थानीले इन्जिनियरिङ अध्यन संस्थान पुल्चोकबाट जलस्रोत इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्