काठमाडाैं। नेपाली बजारमा बुधबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यसअघि गत असार २९ गते चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको थियो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्