Shikhar Insurance
National Life

रसुवामा ट्राफिक नियमबारे प्रशिक्षण

सिंहदरबार संवाददाता
२०८० श्रावण ३, बुधबार ११:३०
Hyundai
NCELL
NIMB

रसुवा । सवारी साधन उपयोग गर्दा हुनसक्ने जोखिम न्यून गर्न रसुवामा ट्राफिक नियमबारे प्रशिक्षण दिइएको छ । यात्रा गर्नुअघि सवारी साधन चढ्दा र ओर्लदा यात्रुले पालना गनर्सपर्ने कुरा, चालकले यात्रुलाई गर्नुपर्ने व्यवहार तथा नीति नियमका विषयमा रसुवा ट्राफिक प्रहरीले विद्यालयस्तरसम्म जनचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

ट्राफिक प्रहरीले सञ्चालन गरेको उक्त प्रशिक्षणमा ७० विद्यार्थी, ९  सय ९५ व्यवसायी तथा सवारी चालक एवं परिचालक तथा एक हजार तीन सय ३४ सर्वसाधारण सहभागी थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आर्थिक वर्षमा ट्राफिक प्रहरीले एक सय ५५ पटक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो । यसबाट छ हजार नौ सय चार जना लाभान्वित भएका जिल्ला ट्राफिक इञ्चार्ज प्रकाश पाण्डेयले जानकारी दिए । यस्तै गत आवमा ट्राफिक नियम उल्लंघन गर्ने पाँच हजार तीन सय २५ चालकलाई कारबाही गरिएको छ । कारबाही वापतको ५४ लाख ८८ हजार रूपैयाँ शुल्क राज्य कोषमा दाखिला गरिएको उनले बताए।

कारबाहीमा पर्नेमा दुई हजार आठ सय आठ ट्रकका चालक, एक सय ९९ बसका चालक, एक हजार एक सय ३४ कार र िजपका चालक, तीन ट्र्याक्टरका चालक, एक हजार एक सय ८१ मोटरसाइकल चालक रहेका पाण्डेयले बताए । गत आर्थिक वर्षमा १६ वटा सानाठूला सवारीसाधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्