काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्ष शिक्षा भट्टचनको नेपाल बिमा प्राधिकरणमा शपथ ग्रहण भएको छ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मंगलबार भट्टचनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
प्रभु महालक्ष्मी लाइफको साउन १ गते साँझ सञ्चालक उमेशलाल श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले शिक्षा भट्टचनलाई सर्वसम्मतिले अध्यक्षमा मनोनयन गरेको थियो। अमेरिकाबाट साइवर सक्युरिटीमा स्नातकोत्तर गरेका अध्यक्ष भट्टचन प्रभु ग्रुपअन्तर्गत विभिन्न कम्पनीको उच्च तहमा बसी अनुभव हासिल गरेका छन् ।
असार २९ गतेबाट एकीकृत कारोबार प्रारम्भ गरेको प्रभु महालक्ष्मी लाइफको सात सदस्यीय सञ्चालक समिति रहेको छ । अध्यक्ष भट्टचनलगायत सञ्चालकहरुमा उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा, शंकर गौतम, ज्योति शेरचन र सुसन शेरचन छन् । स्वतन्त्र सञ्चालक मनोनयन हुन बाँकी रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्