Shikhar Insurance
National Life

क्षत्रपाटी निःशुल्क चिकित्सालयको मेडिकल डाइरेक्टरमा सन्तोष मानन्धर नियुक्त

सिंहदरबार संवाददाता
२०८० श्रावण २, मंगलवार १३:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । २०१३ सालमा स्थापना भएको काठमाडौंको क्षत्रपाटीस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) को मेडिकल डाइरेक्टरमा डा. सन्तोष मानन्धर नियुक्त भएका छन् ।

नेपालको सबैभन्दा पुरानो सामुदायिक अस्पतालको नव निर्वाचित अध्यक्ष डा. मनोजमान श्रेष्ठले आजै शपथग्रहणपछि बसेको बैठकले मानन्धरलाई मेडिकल डाइरेक्टरमा नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आजको सञ्चालक समितिको बैठकबाट मेडिकल डाइरेक्टरमा नियुक्त भएका डा. मानन्धरलाई अध्यक्ष डा. मनोजमान श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

नवनियुक्त डा. सन्तोष मानन्धरलाई क्षत्रपाटी निःशुल्क चिकित्सालयको स्वास्थ्य सेवा अझै प्रभावकारी बनाउने, गरिब, असहायले सहजै उपचार सुविधा पाउने व्यवस्था गर्ने र अस्पताललाई अत्याधुनिक स्वास्थ्य सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्