Shikhar Insurance
National Life

क्षेत्रपाटी निःशुल्क चिकित्सालयका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुको शपथ ग्रहण

सिंहदरबार संवाददाता
२०८० श्रावण २, मंगलवार १३:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालयका नव निर्वाचित अध्यक्ष तथा सञ्चालक समितिका पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार काठमाडौंको ठमेलमा आयोजित कार्यक्रमकाबीच निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता विश्वराज भट्टराईले अध्यक्ष डा. मनोजमान श्रेष्ठसहितका पदाधिकारी र कार्यसमितिका सदस्यहरुलाई पद तथा गोपनयिताको शपथ ग्रहण गराएका हुन् ।

गत वैशाख १६ गते भएको निर्वाचनबाट निर्विरोध निर्वाचित भएका कार्यसमितिका पदाधिकारी र सदस्य तथा आजै बसेको सञ्चालक समितिले मनोनीत गरेका थप दुई जना सञ्चालक तथा पदेन सदस्यसहित कुल १४ जना पदाधिकारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको हो । नवनिर्वाचित पदाधिकारीहरुको पदावधि चार वर्षको हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा पूर्वअध्यक्ष विजयबहादुर मालीले निर्वाचित सबैलाई बधाई ज्ञापन गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष डा. मनोजमान श्रेष्ठ, उपाध्याक्ष कुमारदेव मानन्धर, महासचिव डा.कृष्टिना श्रेष्ठ, सचिव जगदीश माली, कोषाध्यक्ष लहना श्रेष्ठ, सह कोषाध्यक्ष कृष्णप्रसाद मानन्धरले शपथ लिएका छन् ।

त्यसैगरी, कार्यकारिणी सदस्यहरुमा डा. निरन महर्जन, सुमनकृष्ण श्रेष्ठ, जुजुकाजी महर्जन, सुरज श्रेष्ठ र डिएल चन्द्र मानन्धरले पद तथा गोपनियताको शपथ लिएका छन् । नयाँ कार्यसमितिको बैठकबाट सजनी जोशी र कपिल श्रेष्ठलाई कार्यसमितिको सदस्यमा मनोनीत गरिएको छ । त्यस्तै, नवीन मानन्धरलाई पदेन सदस्यको रुपमा मनोनीत गरिएको छ ।

क्षत्रपाटी निःशुल्क चिकित्सालय २०१३ सालमा १० रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको नेपालको सबैभन्दा पुरानो सामुदायिक अस्पताल हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्