काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको खाद्यान्न निर्यात हुने बाटो रोक्ने घोषणा गरेका छन् । पुटिनको यो घोषणासँगै विश्वभर भोकमरीको जोखिम बढेको छ । गरिब देशहरुमा भोकमरी र खाद्यान्न संकट आउने आशंका बढेको छ भने धनी देशहरुले पनि चर्काे मूल्य वृद्धिको सामना गर्नुपर्नेछ ।
युक्रेनले काला सागरको समुन्द्री बाटो हुँदै खाद्यान्न निर्यात गर्दै आइरहेको थियो । तर, अब भने रुसले पुरानो सम्झौता तोड्ने काला सागरबाट युक्रेनलाई खाद्यान्न निर्यात गर्न नदिने घोषणा गरिदिएको छ । रुसले सोमबार नै संयुक्त राष्ट्र संघ, टर्की र युक्रेनलाई काला सागरको बाटोबाट निर्यात रोक्ने जानकारी गराइसकेको छ ।
रुसले पश्चिममा देशहरुले आफ्नो जिम्मेवारी पूरा नगरेकाले काला सागरको बाटो बन्द गर्ने कठोर निर्णय लिएको बताएको छ । पश्चिमा देशका नेताहरुले भने रुसका कारण गरिब देशहरुमा भोकमरी र खाद्यान्न संकट निम्तिने चेतावनी दिइरहेका छन् । आफ्ना सर्तहरु पश्चिमा देशहरुले पालना गरेको खण्डमा भने पुरानो सम्झौतालाई नवीकरण गरेर निर्यातका लागि बाटो खोलिदिने आश्वासन भने रुसले दिएको छ ।
रुसी राष्ट्रपति पुटिनले लामो समयदेखि आफ्ना खाद्यान्नहरु र विषादी निर्यात गर्न दिने सम्झौताको पालना नभएको भन्दै पश्चिमा देशहरुको आलोचना गर्दै आइरहेका थिए । उनले पुरानो सम्झौताले गरिब देशहरुलाई खाद्यान्न र अन्न दिने भनिएको तर त्यसको कार्यान्वयन नभएकोमा पटक-पटक गुनासो गरिरहेका थिए ।
रुसले पश्चिमा देशहरुको प्रतिबन्धका कारण आफ्ना कृषि उत्पादन निर्यात गर्न पाइरहेको छैन । त्यसकारण पनि पुटिनले कैयौंपटक यो सम्झौता तोड्ने धम्की दिँदै आएका थिए । रुसी विदेश मन्त्रालयले सोमबार आफ्ना असन्तुष्टि पुनः पोख्दै भन्यो की पश्चिमा देशहरुले खुलेआम आक्रमण गरेका छन् । पश्चिमाहरुले आफ्नो व्यावसायिक हितलाई मानवीय उदेश्य भन्दा माथि राखेको आरोप पनि रुसले लगाएको छ ।
टर्कीका राष्ट्रपटि रुसेप तैयेप अर्दाेगानले रुसी राष्ट्रपतिलाई मनाएर निर्यातको बाटो खोल्ने दाबी गरेका छन् । खाद्यान्न निर्यातको यो सम्झौता निकै महत्वपूर्ण छ किन कि युक्रेनले सूर्यमुखी, गहुँ, मकै र कोदोको सबैभन्दा ठूलो निर्यातकर्ता मुलुक हो ।
सन २०२२ मा युक्रेनमा रुसले आक्रमण गरेपछि बन्दरगाहमा हजारौं टन खाद्यान्न रोकिएका थिए । जसले गर्दा विश्वभर खाद्यान्नको संकट र मूल्य वृद्धि भएको थियो । युद्धका कारण मध्यपूर्व र अफ्रिकी देशहरुमा खाद्यान्नको चरम संकट नै निम्तिएको थियो किन की यी देशहरु युक्रेनकै खाद्यान्नमा निर्भर रहँदै आएका थिए । लामो समयको प्रयासपछि टकी र संयुक्त राष्ट्र संघको मध्यस्थतामा रुसले जुलाई महिनामा युक्रेनको खाद्यान्न निर्यातका लागि सम्झौता गरेको थियो ।
यो सम्झौता मंगलबार राति १२ बजेबाट समाप्त हुनेछ । सम्झौतापछि खाद्यान्न बोक्ने जहाजहरु काला सागरमा रहेका बन्दरगाहरु ओडेसा, कोर्नाेस्र्क र युज्नी।पिव्डेयीबाट आवतजावत गरिरहेका थिए । युक्रेनको खाद्यान्न निर्यात अवरुद्ध भएपछि नेपालमा पनि त्यसको असर पर्ने देखिन्छ ।
नेपालमा पनि सूर्यमुखीदेखि गहुँ हुँदै फापरसम्म युक्रेनबाटै आउने गरेको छ । अब नेपालमा पनि यी खाद्यान्नहरुको मूल्य बढ्नेछ र समयक्रमसँगै अभावसमेत उत्पन्न हुनेछ ।
प्रतिक्रिया दिनुहोस्