Shikhar Insurance
National Life

 ४ सय ७५ जना फरार प्रतिवादी पक्राउ

सिंहदरबार संवाददाता
२०८० श्रावण २, मंगलवार १२:४६
Hyundai
NCELL
NIMB

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा ४ सय ७५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतमा दोषी ठहर भई कैद वा जरिवाना वा दुवै सजाय तोकेर सजाय भुक्तान नगरेका  फरार प्रतिवादी पक्राउ परेका हुन् । फैसला कार्यान्वयनका क्रममा उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत बुझाइएको हो ।

उनीहरुबाट ८० वर्ष १० महिना सात दिन कैद र एक करोड ३० लाख ६७ हजार जरिवाना असुल गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। उनका अनुसार फरार प्रतिवादी खोजीका लागि विशेष टोली परिचालन गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अदालतले लगत कट्टा नगरेका कारण कतिपय व्यक्ति पुनः पक्राउ पर्ने गरेको प्रमुख प्रहरी उपरीक्षक कार्कीले बताए। अदालतले सजाय भुक्तान गर्न बाँकी रहेका भनी दिइएका व्यक्तिहरुले सजाय भुक्तान गरेको प्रमाण दिने गरेको उनको भनाइ थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्