Shikhar Insurance
National Life

काभ्रे अदालतः लक्ष्य पूरा, आठ सय ७६ वर्ष कैद असुल

सिंहदरबार संवाददाता
२०८० श्रावण २, मंगलवार ११:१८
Hyundai
NCELL
NIMB

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला अदालतले आर्थिक वर्ष २०७९/८० मा मुद्दा फर्छ्याेटको लक्ष्य पूरा गरेको छ । बितेको आवमा दुई हजार ३ सय १३ मुद्दा फर्छ्याेटको लक्ष्य लिएकामा दुई हजार तीन सय १४ मुद्दा फर्छ्याेट गरेको अदालतले जनाएको छ ।

ती मुद्दा फर्छ्याे एवं कार्यान्वयनका क्रममा आठ सय ७६ वर्षको कैद असुल गरिएको छ । उक्त आवमा असुल गर्नुपर्ने दुई हजार एक सय ७० वर्ष आठ महिना कैदमध्ये आठ सय ७६ वर्षको कैद असुल भएको हो भने एक हजार दुई सय ९४ वर्ष आठ महिना कैद असुल गर्न बाँकी रहेको अदालतका श्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिए । उनका अनुसार वार्षिक लक्ष्यमा दर्ता मुद्दाको सङ्ख्या तीन सय ४७ थान थप र फर्छ्याेटमा एक थान थप अर्थात् शतप्रतिशत पूरा भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले नयाँ दर्ता अनुमान एक हजार छ सय ३७ थानमा एक हजार नौ सय ८७ थान दर्ता भएका बताए । यस्तै दुई हजार तीन सय १३ थान फर्छ्याेट गर्ने लक्ष्य लिएकोमा दुई हजार तीन सय १४ थान फर्छ्याेट भएको छ । जिम्मेवारी सरेका एक हजार पाँच सय ५५ थान र नयाँ दर्ता एक हजार नौ सय ८७ गरी कुल तीन हजार पाँच सय ४२ थान मुद्दाको लगत कायम भएको छ । अदालतले गत आवको अन्त्यसम्ममा तीन हजार एक सय ९२ थान मुद्दा अनुमान गरेको थियो । अदालतमा तीन इजलास छन्।

लक्ष्यभन्दा धेरै दर्ता र फर्छ्याेमा शतप्रतिशत पूरा गरेका अदालतमा चालु वर्षका लागि एक हजार दुई सय २८ थान मुद्दाको जिम्मेवारी सरेको जनाइएको छ । अघिल्लो आवको तुलनामा जिम्मेवारी सरेको तीन सय २७ थान कम हो ।

कुल मुद्दाका आधारमा अदालतले ६५ दशमलव २४ प्रतिशत मुद्दा फर्छ्याेट गरेको श्रेस्तेदार घिमिरेले बताए । उनका अनुसार अघिल्लो आवबाट जिम्मेवारी सरेकामध्ये ८४ दशमलव ८८ प्रतिशत मुद्दा फैसला भएका छन् भने नयाँ दर्ता भएकाबाट ५४ दशमलव ७४ प्रतिशत फैसला भएका छन् । अदालतमा चार वर्ष नाघेका मुद्दाको सङ्ख्या तीन छन् । तीनदेखि चार वर्षभित्रका छ र दुईदेखि तीन वर्षभित्रका दुई गरी ११ थान मुद्दा पुराना छन् ।

अदालतको मुख्य जिल्ला न्यायाधीश मोहनराज भट्टराईको १ नं इजलासले बितेको आवमा सात सय ७८ वटा मुद्दा फर्छ्याेट गर्ने लक्ष्य राखेकामा आठ सय ८१ वटा फर्छ्याेट अर्थात् एक सय १३ दशलमव ११ प्रतिशत मुद्दा फर्छ्याेट गरेको छ । यस्तै न्यायाधीश राजेन्द्र नेपालको २ नं इजलासले सात सय ६८ वटा लक्ष्य लिएकामा छ सय ४९ अर्थात् ८४ दशलमव ५० प्रतिशत मुद्दा फर्छ्याेट गरेको हो । न्यायाधीश रीताकुमारी बख्रेल रहेको ३ नं इजलासमा भने सात सय ६७ वटा लक्ष्य लिएकामा सात सय ७७ वटा फर्छ्याेट गरी एक सय एक दशमलव १७ प्रतिशत सफलता प्राप्त गरेको जनाइएको छ ।

छ महिनाभित्रका पाँच सय ३६, एक वर्ष अवधिका चार सय ५६, डेढ वर्ष अवधिका तीन सय १६, दुई वर्ष अवधिका पाँच सय २२ गरी दुई हजार तीन सय १४ थान मुद्दा फैसला भएका अदालतको तथ्यांकले देखाएको छ । यस्तै अदालतले एक वर्षमा छ हजार तीन सय नौवटा म्याद तामेल गर्नुपर्नेमा छ हजार दुई सय ७५ वटा म्याद तामेल गरेको छ । यसमध्ये चार हजार दुई सय ८२ वटा म्याद जिल्ला अदालतका र दुई हजार २७ वटा म्याद अन्यत्र अदालतका हुन् । फैसला कार्यान्वयन लक्ष्यको तुलनामा ९४ दशमलव ९० प्रतिशत पूरा भएको हो ।

यही अवधिमा ५ लाख ७२ हजार रूपैयाँ क्षतिपूर्ति रकम फर्छ्याेट गरी १ करोड ६६ लाख ४८ हजार नौ सय रूपैयाँ क्षतिपूर्ति भराउन बाँकी छ भने ६८ करोड नौ लाख रूपैयाँ जरिवाना असुल गर्न बाँकी छ । ३ करोड ९९ लाख रूपैयाँ असुल भएको छ । गत आवको मात्रै ४ करोड रूपैयाँ जरिवाना तोकिएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्