Shikhar Insurance
National Life

प्रभु महालक्ष्मी लाइफको अध्यक्ष बनिन् शिक्षा भट्टचन

सिंहदरबार संवाददाता
२०८० श्रावण २, मंगलवार १०:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छिन् । कम्पनीको साउन १ गते बसेको सञ्चालक समिति बैठकले शिक्षा भट्टचनलाई अध्यक्ष चयन गरेको हो ।

सात सदस्यीय सञ्चालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाइफको तर्फबाट उमेशलाल श्रेष्ठ र सुरेश सापकोटा सदस्य थिए । सर्वसाधारण समूहबाट भने दीपक पाण्डे र शंकर गौतम सदस्य थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एकीकृत कम्पनीसञ्चालक समिति अध्यक्ष पदमा प्रभु लाफ इन्स्योरेन्सको प्रवर्द्धकहरूबाट शिक्षा भट्टचनलाई बनाउने सहमति थियो । एकीकृत कम्पनीको सीईओमा महालक्ष्मीका रमेश कुमार भट्टराई रहेका छन् । कम्पनी असार २९ गतेदेखि एकीकृत कारोबार थालेको थियो ।

प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्ज भएर प्रभु महालक्ष्मी बनेको हो । मर्जरपछि संयुक्त कम्पनीको चुक्ता पुँजी ४ अर्ब १९ करोड ६० लाख रूपैयाँ पुग्नेछ । नेपाल बिमा प्राधिकरणले तोकेको ५ अर्ब रूपैयाँ चुक्ता पुँजी कायम गर्न एकीकृत कम्पनीलाई थप ८० करोड ४० लाख रुपैयाँ आवश्यक पर्नेछ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्