Shikhar Insurance
National Life

नेप्से ४७ अंकले वृद्धि, काराेबार २ अर्ब ५६ करोड

सिंहदरबार संवाददाता
२०८० श्रावण १, सोमबार १६:१९
Hyundai
NCELL
NIMB

काठमाडाैं। नयाँ आर्थिक वर्ष सुरु भएकै दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४७ दशमलव शून्य सात अंकले उकालो लागेर दुई हजार एक सय ४४ दशमलव १६ मा पुगेको हो ।

यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव ९५ अंकले उकालो लागेर चार सय चार दशमलव १० पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज १२ उपसमूहको सेयर मूल्य वृद्धि भएको छ भने एक उपसमूहको सेयर मूल्य भने ओरालो लागेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कुल ७६ लाख ३४ हजार एक सय ९० कित्ता सयर २ अर्ब ५६ करोड १ लाख ९१ हजार दुई सय ८८ रूपैयाँमा कारोबार भएको छ । जानकारहरुका अनुसार बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउनु तथा नयाँ आर्थिक वर्षको प्रभावस्वरुप बजारमा सकारात्मक प्रभाव पर्न गएका हो ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १४ करोड ८६ लाख १९ हजार चार सय ५५ रूपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै हिमालयन लाइफ इन्स्योरेन्स १० करोड ८४ लाख ६४ हजार ८ सय ९९ रूपैयाँ,साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रु सात करोड ७५ लाख १३ हजार छ सय ७२,सोल्टी होटल ७ करोड ७३ लाख ३२ हजार दुई सय ४८ रूपैयाँ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको पाँच करोड ११ लाख ७६ हजार एक सय ६३ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बिपिडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्यमा दस प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । अभियान लघुवित्त नौ दशमलब ८७, सिर्जनशील लघुवित्त सात दशमलब ८० र मल्टिप्रर्पोज लघुवित्तका लगानीकर्ताले सात दशमलब ३२ प्रतिशतले कमाएका छन् ।

यस्तै कुमारी धनवृद्धि योजना आठ दशमलव ३७, सानिमा ग्रोथ फण्ड सात दशमलव ५१, सानिमा लार्ज क्याप फण्ड छ दशमलव २८, बैंक अफ काठमाडौंको ऋणपत्र पाँच दशमलव ८६ र मेगा म्युचुअल फण्डमा पहिलोका लगानीकर्ताले चार दशमलव ६३ प्रतिशतले गुमाएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्