काठमाडाैं। पेट्रोलियम पदार्थमा सरकारले स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको हो।
अब स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ । मालबहाक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको महानिर्देशक नारायणप्रसाद भट्टराइले बताए ।
‘घटाएको भाडादर आजदेखि नै लागू हुनेछ, त्यसको अनुगन यातायता व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, ‘पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने वैज्ञानिक भाडादर कायमसम्बन्धी कार्यविधिको व्यवस्था छ । त्यही कार्यविधिमा रहेर भाडा समायोजन गरिएको छ।’
प्रतिक्रिया दिनुहोस्