Shikhar Insurance
National Life

अब आयल निगम सधैँ नाफामा तर अधिकतम २.५ प्रतिशत मात्रै

सिंहदरबार संवाददाता
२०८० असार ३१, आईतवार १९:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल आयल निगम अब सधैँ नाफामा रहने भएको छ । कहिले धेरै नोक्सानी व्यवहोरेर त कहिले धेरै नाफा कमाएको भन्दै सर्वाधिक आलोचना खेपिरहेको निगमले अब भने सधैँ नाफामा रहने जुक्ति निकालेको हो ।
निगमले अब स्वचालित मूल्य प्रणाली लागु गर्दै सधै नाफामा रहने सुनिश्चिता गरेको हो । तर निगमको त्यस्तो नाफा भने अब अधिकतम २.५ प्रतिशतमा सिमित हुनेछ ।
निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० ल्याउँदै इन्धन कारोबारको किचलो अन्त्य गरेको हो ।

अब निगमले अब परल मूल्यमा अधिकतम २.५ प्रतिशत मुनाफा राखेर इन्धन बेच्नेछ । निगम सञ्चालक समितिको २३३५ औं बैठकले डिजेल र मट्टितेलमा लागतमा २ प्रतिशत थपेर कारोबार गर्ने निर्णय गरेको हो । त्यस्तै, पेट्रोलका हकमा लागत मूल्यमा २.५ प्रतिशत मूल्य थपेर बिक्रि वितरण गर्नेछ । खाना पकाउने एलपी ग्यास भने निगमले लागत मूल्यमै उपभोक्ताहरुलाई उपलब्ध गराउनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हवाई इन्धनका हकमा अहिले कायम रहेको व्यवस्था अनुसार नै निगम सञ्चालक समितिको निर्णय बमोजिम नयाँ मूल्य निर्धारण हुनेछ । हाल इण्डियन आयल कर्पाेरेशनले हरेक १५ दिनमा नयाँ मूल्य सूचि पठाउने गरेको छ । महिनाको पहिलो तारिख र १६ तारिखका दिनमा प्राप्त हुने मूल्य सूचिका आधारमा निगमले नेपालमा इन्धनको नयाँ मूल्य तोक्ने गरेको थियो । अब पनि १५।१५ दिनमै नयाँ मूल्य तोकिनेछ तर यो भने आईओसीले पठाएको मूल्य अनुसार स्वचालित प्रणाली अनुसार नै हुनेछ ।

निगमले तिर्न बाँकी रहेको ऋण तथा अन्य दायित्व भुक्तानी र निर्माणको चरणमा रहेका पूर्वाधारहरुका लागि आवश्यक स्रोत जुटाउनका लागि २ र २.५ प्रतिशतको मुनाफा सुनिश्चित गरिएको सञ्चालक समितिका अध्यक्ष तथा बाणिज्य सविच मधु मरासीनीले बताए ।

निगमका कार्यकारी निर्देशक उमेश थानीले इन्धनको मूल्य श्रृंखलामा हुँदै आएको राजनीती अब सधैका लागि बन्द हुने बताए । उनले नागरिकहरुलाई सुलभ मूल्यमा सहज ढंगले इन्धन उपलब्ध गराउन निगमले सधै तयार रहेको पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्