काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार बसेको निगम सञ्चालक समितिको २३३५ औं बैठकले डिजेल ४ रुपैयाँले र पेट्रोल ६ रुपैयाँले मूल्य घटाएको हो ।
खाना पकाउने ग्यासमा १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको छ । अब डिजेलको मूल्य काठमाडौंमा प्रति लिटर १६४ रुपैयाँ कायम भएको छ । कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १४६ रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १७९० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्