काठमाडौं । भाेलि साेमबारदेखि आन्तरिक उडानमा भाडादर ६ प्रतिशतले बढ्ने भएको छ। वायुसेवा कम्पनीहरूले सोमबारबाटै लागू हुने गरी हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउनेछन्।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल वायुसेवा सञ्चालक संघले यस्तो जानकारी दिएको हो। आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार हवाई टिकट ६ प्रतिशत हाराहारी बढ्नेछ। हवाई टिकटमा भ्याट कार्यान्वयन गरे पनि १३ प्रतिशतकै दरमा शुल्क बढ्दैन।
हवाई इन्धन, कार्यालय सञ्चालनका सामग्री लगायतको खरिदमा तिरेको भ्याट कम्पनीहरूले फिर्ता पाउने भएकाले १३ प्रतिशत नै शुल्क नबढ्ने भएको हो। हाल भ्याटअन्तर्गत १३ प्रतिशत कर लाग्छ।
प्रतिक्रिया दिनुहोस्