Shikhar Insurance
National Life

रास्वपाको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित

सिंहदरबार संवाददाता
२०८० असार ३१, आईतवार १७:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

“केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०” लाई बैठकमा पेश गरेपछि सो पार्टीले विरोध जनाएको हो । रास्वपाका सांसदहरू आसनबाट उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिएका थिए। प्रमुख सचेतक परियारले सो विधेयक सभामुखबाट निर्णयार्थ प्रस्तुत नभएको भन्दै आपत्ति जनाएका थिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार नै प्रक्रिया बढाएको जानकारी गराएका थिए। तर रास्वपाका सांसदले विरोध जनाइरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्