Shikhar Insurance
National Life

म्यानपावर व्यवसायीद्वारा अध्यागमनका महानिर्देशकको राजीनामा माग

सिंहदरबार संवाददाता
२०८० असार ३१, आईतवार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । म्यानपावर व्यवसायीहरूले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको राजीनामा माग गर्दै आन्दोलन गरेका छन्।

श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन विभाग घेराउ गर्दै व्यवसायीहरूले महानिर्देशक अधिकारीको राजीनामा माग गरेका हुन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रूपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डनलगायत विभिन्न देशहरूमा जान लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको थियो । सोही कारण आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध प्रदर्शन गरेको हो ।

उनीहरूले अध्यागमनको बिनाकारण विदेश जानबाट रोक्ने कदमले व्यवसाय गर्न समस्या हुने भन्दै विरोध गरेको बताइएको छ । बिनाकारण अध्यागमन विभागले कामदार विदेश जानबाट रोकेका कारण विरोध गरेका हुन्।

अध्यागमन विभागले नागरिकलाई दिएको दुःख र उनीहरूलाई जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् । अध्यागमनले कामदारलाई विदेश जान नदिने हो भने व्यवसाय नै बन्द गर्ने चेतावनी समेत दिए ।

आइतबार उनीहरूले श्रमिकहरूको हवाई टिकट लगायत क्षतिपूर्ति अध्यागमनले बेहोर्नुपर्ने र उनीहरूलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने माग राख्दै विभाग घेराउ गरेका हुन्।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्