Shikhar Insurance
National Life

महोत्तरीमा धमाधम जग्गा वर्गीकरण गरिँदै

सिंहदरबार संवाददाता
२०८० असार ३१, आईतवार ११:०३
Hyundai
NCELL
NIMB

महोत्तरी । महोत्तरीका स्थानीय तहले आफ्ना भूगोल क्षेत्रको जग्गा वर्गीकरण कार्य सम्पन्न गर्दै कित्ताकाट प्रक्रिया खुलाउँदै लगेका छन् ।

पछिल्लोपटक जिल्लाको औरही नगरपालिकाले वर्र्गीकरण गरेर कित्ताकाट प्रक्रिया खुलाएपछि अब महोत्तरीमा यो काम सम्पन्न गर्ने स्थानीय तहको सङ्ख्या सात पुगेको छ। यसअघि क्रमशः बर्दिबास, गौशाला, जलेश्वर, मनराशिशवा र मटिहानी नगरपालिका एवं महोत्तरी गाउँपालिकाले वर्गीकरण सम्पन्न गरेर कित्ताकाट खुलाइसकेका छन् । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

औरही नगर कार्यपालिकाको कार्यालयले शुक्रबार वर्गीकरण सम्पन्न गरिएको जानकारी गराएको हो। औरहीले भूू–उपयोग नियमावली, २०७९ को नियम ५ उपनियम ९१० अनुसार नगरपालिकाको स्थानीय भू-उपयोग परिषद्ले आफ्नो क्षेत्राधिकारभित्रको जग्गाको भू-उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरेको नगरप्रमुख प्रदीपकुमार खड्काले जानकारी दिए । अब सम्पन्न गरिएको वर्गीकरण प्रतिवेदनअनुसार आइतबारदेखि नै जिल्ला नापी कार्यालय जलेश्वरले जग्गाको किनबेचमा कित्ताकाट गर्ने नगरप्रमुख खड्काको भनाइ छ ।

नगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्रको जग्गालाई कृषि क्षेत्रतर्फ ९ सय ६.५७ हेक्टर, आवासीय क्षेत्रतर्फ ७ सय ५.२९ व्यावसायिक क्षेत्रतर्फ तीन सय ३१ दशमलव ६५ हेक्टर, सार्वजनिक क्षेत्रतर्फ १.७० हेक्टर, सांस्कृतिक तथा पुरातात्विक क्षेत्रतर्फ ०. ०१ हेक्टर, नदी खोला तथा सिमसार क्षेत्रतर्फ ११.८७ हेक्टर जग्गा वर्गीकरण गरेको छ ।

भू-उपयोग वर्गीकरण सम्पन्न समारोह कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्ण, भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका प्रमुख रमेश पौडेल, नगर उपप्रमुख रेणु झासहित वडा-वडाका जनप्रतिनिधिको उपस्थिति थियो । भू-वर्गीकरण स्मार्ट सिटी विलर्ड्स प्रालिको प्राविधिक सहयोगमा गरिएको हो ।

सरकारले यसअघिको चार प्रकारको जग्गा वर्गीकरण णअब्बल, दोयम, सिम र चहार)ले अहिलेको जग्गाको भू-अवस्था र उपयोगको सम्बोधन नगरेको ठहर गर्दै १० प्रकृतिमा जग्गाको वर्गीकरण गरी आ–आफ्ना भूगोल क्षेत्रको वर्गीकरण कार्य सम्पन्न गर्न स्थानीय तहहरूलाई निर्देशन गरेपछि नयाँ वर्गीकरण प्रक्रिया थालिएको हो । जग्गा कित्ताकाट रोकिँदा लामो समयदेखि किनबेच गर्ने काम प्रभावित हुँदै आएको थियो । यसैगरी कित्ताकाट नहुँदा राजस्व संकलनमा पनि असर पर्दै आएको थियो ।

सरकारले स्थानीय तहहरूलाई गत मङ्सिरभित्रै वर्गीकरण सम्पन्न गर्न समयसीमा दिए पनि विभिन्न कारणले काम सम्पन्न गर्न ढिलाइ हुँदै आएको छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासमेत १५ स्थानीय तहमध्ये हालसम्म सातले मात्र यो काम सम्पन्न गरेका छन् । यद्यपि केही स्थानीय तहले केही दिनभित्रै वर्गीकरण सम्पन्न हुने गरी काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्