Shikhar Insurance
National Life

प्रभु महालक्ष्मीको एकिकृत कारोबार आजदेखि, यस्तो बन्यो कम्पनी

सिंहदरबार संवाददाता
२०८० असार २९, शुक्रबार १०:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु महालक्ष्मी लाइफले आजबाट एकिकृत कारोबार सुरु गर्दैछन् । प्रभु लाइफ र महालक्ष्मी लाइफले एक बराबर एकको सेयर स्वाप रेसियोमा मर्जर गरि एकिकृत कारोबार थालेका हुन् । एकिकृत कारोबारका लागि नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त गरि डाटा माइग्रेसनको काम समेत सम्पन्न भैसकेको छ ।

एकीकृत कम्पनीको सीईओमा महालक्ष्मीका रमेश कुमार भट्टराई रहनेछन । ७ सदस्यिय संचालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाईफको तर्फबाट उमेश लाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित भएका छन् । सर्वसाधारण समूहबाट भने दिपक पाण्डे र शंकर गौतम मनोनित भएका छन् । एकिकृत कम्पनीसञ्चालक समिति अध्यक्ष पदमा प्रभु लाईफ इन्स्योरेन्सको प्रवर्द्धकहरूबाट शिक्षा भट्टचन रहने सहमति छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मर्जर पछि संयुक्त कम्पनीको चुक्ता पूँजी ४ अर्ब १९ करोड ६० लाख रूपैयाँ पुग्नेछ । नेपाल बीमा प्राधिकरणले तोकेको ५ अर्ब रूपैयाँ चुक्ता पूँजी कायम गर्न एकीकृत कम्पनीलाई थप ८० करोड ४० लाख रुपैयाँ आवश्यक पर्नेछ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्