Shikhar Insurance
National Life

हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प

सिंहदरबार संवाददाता
२०८० असार २८, बिहीबार १२:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे आसपास केन्द्रबिन्दु भएर ३.८ रेक्टरस्केलको भूकम्प गएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्