Shikhar Insurance
National Life

प्रभु बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी प्रदान

सिंहदरबार संवाददाता
२०८० असार २७, बुधबार १३:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंकले पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी उपलब्ध गराएको छ ।

बैंकले आज बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई उक्त गाडी उपलब्ध गराएको हो। बैंकका प्रमुख कार्यकारी निर्देशक अशोक शेरचनले मन्त्री किरातीलाई गाडीको चाबी (साँचो) हस्तान्तरण गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कोषलाई उक्त गाडी प्रदान गरिएको जनाएको छ। गाडीको साँचो हस्तान्तरण गर्दै निर्देशक शेरचनले आगामी दिनमा पनि मन्त्रालय र पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।

बैंकले कोषलाई उपलब्ध गराएको १७ लाख मूल्य बराबरको हाइड्रोलिक गाडी फोहोर उठाउनका लागि प्रयोग गरिने छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्