काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बिमा मृत्यु दाबीबापत १ करोड रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरी मृतक बिमित देवबहादुर खत्रीको पत्नी यमुना चालिसेलाई सो मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।
साविक युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा तीन वर्षअघि १ करोडको जीबन बिमा गरेका देवबहादुर खत्रीको मृत्युपश्चात सो दाबी रकम प्रदान गरिएको हो ।
कम्पनीको नयाँ बानेश्वर शाखा प्रबन्धक विमल पौडेलले मृतकको पत्नी यमुना चालिसेलाई चेक हस्तान्तरण गरेका हुन् । कम्पनीबाट प्रदान गरिएको चेक ग्रहण गर्दै बिमितीे पत्नी यमुना चालिसेले समयमा नै कम्पनीले दाबी भुक्तानी गरेको उल्लेख गर्दै यस प्रकारको कार्यबाट बिमा कम्पनीप्रति आममानिसको विश्वास बढ्ने कार्य भएको बताइन् ।
कम्पनीले आवश्यक प्रक्रिया पूरा भई बिमितहरुबाट प्राप्त भएका मृत्यु दाबीहरु छिटोछरितो रूपमा भुक्तानी गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्