Shikhar Insurance
National Life

सडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही, ५ जनालाई निलम्बन

सिंहदरबार संवाददाता
२०८० असार २७, बुधबार १२:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले सडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ ।

महानगरपालिकाभित्र विभिन्न समयमा सडक व्यापारीसँग अभद्र तथा अमानवीय व्यवहार गर्ने सात जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको र स्थायी सेवामा रहेका पाँच जनालाई निलम्बन गरिएको महानगर प्रहरी बलका प्रमुख तथा नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार आफ्नो ब्रिफिङका समयमा व्यापारीलाई अभद्र व्यवहार नगर्न आदेश दिएको भए पनि आदेशको पालना नगरी अभद्र तथा अमानवीय व्यवहार गर्ने तथा जनस्तरबाट आएका गुनासाको अध्ययन गरेर गल्ती गर्ने नगर प्रहरीलाई कारबाही गरिएको हो ।

यसअघि पनि व्यापारीलाई अमानवीय व्यवहार देखाउने १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकिएको पाण्डेले बताए। उनले भने, “सडक व्यापारीप्रति अभद्र र अमानवीय व्यवहारका घटना दोहोरिन नदिन सम्बन्धित क्षेत्रमा खटिएका नगर प्रहरीलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरणसम्बन्धी तालिम दिन थालेको छौँ ।”

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्