काठमाडाैं। नेपाली बजारमा बुधबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबारसम्म छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनसम्म चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्