Shikhar Insurance
National Life

ब्याजदर न्यून हुँदा पुँजी पलायन हुन्छ, पुँजी बजारको दिगो विकास आवश्यक छः कामु गभर्नर डा. ढुंगाना

सिंहदरबार संवाददाता
२०८० असार २६, मंगलवार १७:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगानाले बैंक तथा वित्तीय संस्थाहरुको कर्जालाई सुरक्षित बनाउने अभियानमा राष्ट्र बैंक लागिपरेको बताएकी छिन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक गभर्नरसमेत रहेकी डा. ढुंगानाले मुद्रास्फीतिलाई अझै कम गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ब्याजदर क्रमशः कम हुँदै गैरहेको तर मुद्रास्फीतिभन्दा कम बनाउन नहुने उनले स्पष्ट पारिन् । अन्यथा पुँजी पलायन हुने जोखिम आउनेतर्फ पनि सचेत हुनुपर्नेमा उनले जोड दिइन् ।

निक्षेप कर्ताहरुको हित संरक्षणमा राष्ट्र बैंकले ध्यान दिने पनि उनको भनाइ छ । पुँजी बजारलाई पुँजी संकलनको दीर्घकालीन स्राेतका रूपमा लिइएको भए पनि बैंकको ऋण मै पुँजी बजारको वृद्धि विकास निर्भर हुन नहुने उनले बताइन् ।

मर्जरमा १० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगट्न नसक्ने अवस्था हेर्ने गरिएको उनले स्पष्ट पारिन् ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्