Shikhar Insurance
National Life

हुलाक बचत बैंकमा रहेका खाताहरु राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुने

सिंहदरबार संवाददाता
२०८० असार २६, मंगलवार १०:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम अब राष्ट्रिय बाणिज्य बैंकमा हस्तान्तरण हुने भएको छ । त्यस्तो सम्झौता पत्रमा हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको हो । सम्झौता पत्रमा हुलाक सेवा विभागका महानिर्देशक ईन्दु घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरे । नेपाल सरकारको आ.व.२०८०/०८१ को वार्षिक बजेटमा व्यवस्था गरि मन्त्रिपरिषदको समेत भएर हुलाक बचत बैंकको सम्पति तथा दायित्व राष्ट्रिय बाणिज्य बैंकमा हस्तान्तरण भएको हो ।

देशभरका ६८ हुलाक कार्यालयबाट करिब ५७ हजार सर्वसाधारणको बचत खाता तथा करिब एक हजार सात सय कर्मचारीहरुको ऋण लगानीका खाताहरु विभागले बैंकका विभिन्न शाखा कार्यालयहरु मार्फत यही असार २८ गतेभित्र विवरण हस्तान्तरण गर्ने छ । हुलाक बचत बैंकका निक्षेपकर्ताहरुले रा.वा.बैंकको नजिकैका शाखा कार्यालयमा गई नियमानुसार खाता आद्यवधिक गरी आफ्नो नियमित कारोबार आगामी साउन १ गते देखि गर्न सक्नेछन् । यसरी खोलिने सम्पूर्ण खातावालाहरुलाई बैंकले चेकबुक, एटिएम कार्ड, मोवाइल बैंकिङ्ग सेवा, एसएमएस सेवा निशुल्क उपलब्ध गराउने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल सरकारले हुलाक कार्यालयलाई आ.व.२०३२÷०३३ सालदेखि सर्वसाधारणको बचत सङ्कलन गर्ने र आ.व.२०६०/०६१ देखि ऋण लगानी समेत गर्ने अनुमति दिएको थियो । हुलाक बचत बैंकको कार्यक्षेत्र निक्षेप सङ्कलनमा सर्वसाधारण र ऋण लगानीमा नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय र अन्तर्गतका स्थायी कर्मचारीहरु रहदैं आएको छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्युआर कोड सेवा, पिओएस, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्युआर टेलर, ईन्टरनेट बैंकिङ सेवा सञ्चालनमा छन् । बैंकले इन्टरनेट बिनै चल्ने युएसएसडी मोबाइल बैंकिङ सेवा पनि सञ्चालनमा ल्याएको छ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्