Shikhar Insurance
National Life

जोशी हाइडोपावरको हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

सिंहदरबार संवाददाता
२०८० असार २६, मंगलवार १०:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । जोशी हाइडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा असार २५ गते कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्रीसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सम्झौतापत्रमा जोशी हाइडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष गंगाप्रसाद जोशी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन् ।

काठमाडौंमा रजिष्टर्ड कार्यालय रहेको यस जोशी हाइडोपावर डेभलपमेण्ट कम्पनीको हालको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँको प्रतिसेयर अंकित १०० रुपैयाँको दरले १ कित्ता सेयरको ०.६५ प्रतिशतको अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्