Shikhar Insurance
National Life

लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबार असार २९ देखि

सिंहदरबार संवाददाता
२०८० असार २६, मंगलवार ०९:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी सनराइज बैंकले असार २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृत संगै लक्ष्मी बैंक र सनराइज बैंक मिलेर लक्ष्मी सनराइज बैंकका नामबाट एकीकृत कारोबार थाल्न लागेका हुन् । दुबै बैंकले एक बराबर एकको स्वाप रेसियोमा मर्जर गरेका हुन् ।

नेपाल राष्ट्र बैंकको जोडबल र बैंकका लगानीकर्ताहरुको इच्छाले दुई बैंक एक हुने भएका हुन् । मर्जरको तथ्यांक सार्ने प्रयोजनका लागि दुबै बैंकले असार २७ र २८ गते सम्पुर्ण सेवाहरु बन्द रहने बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ । मर्जरपछि बैंक बन्ने बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ बढी हुनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्