काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको ११ महिनाको तथ्यांक सार्वजनिक गरेको छ । युक्रेन युद्ध र कोरोनाको प्रभावपछि शिथिल बनेको भनिएको बेला राष्ट्र बैंकले ११ महिनाको तथ्यांक सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ ।
आयात १६ प्रतिशतले, निर्यात २२.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले घटेको छ । रेमिटेन्स आप्रवाह नेपाली रुपैयाँमा २२.७ प्रतिशतले र अमेरिकी डलरमा १३ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति २२८ अर्ब ९८ करोडले बचतमा रहेको छ ।
राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति १,४८० अर्ब ८७ करोड र अमेरिकी डलरमा ११ अर्ब ३० करोड रहेको छ । संघीय सरकारको खर्च १,१७६ अर्ब ७ करोड र राजस्व परिचालन ८३६ अर्ब ८५ करोड रहेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ८.८ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३
प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्