Shikhar Insurance
National Life

कामपाद्वारा अखाद्य सामग्री बिक्री गर्ने आकाश फुड्सलाई  १ लाख ५० हजार जरिवाना

सिंहदरबार संवाददाता
२०८० असार २५, सोमबार ११:१३
Hyundai
NCELL
NIMB

काठमाडाैं। काठमाडौं महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई १ लाख ५० हजार रूपैयाँ जरिवाना तिराएको छ ।

कामपा–२ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेका ढुसी परेको मिठाई तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री वितरण गरेको पाएपछि निजलाई १ लाख ५० हजार रूपैयाँ जरिवाना गरिएको कामपाको निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार उक्त पसल सञ्चालक अङ्कुर अग्रवालले बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड २ बमोजिम कसुर देखिएकाले सोही ऐनको दफा ३० को उपदफा १ अनुसार कारबाहीस्वरुप जरिवाना तिराएको बताइएको छ ।

कारबाही स्वरुपको उक्त रकम आजको मितिले सात दिनभित्र एनआइसी एसिया बैंकमा बजार अनुगमन समितिको राजस्व खाता नम्बरमा जम्मा गरी उक्त बैंक भौचर दोस्रो प्रति कामपामा पेस गर्न आदेशसमेत गरिएको छ ।

तोकिएको समयभित्र जरिवाना स्वरुपको रकम उपलब्ध नभए सोही ऐनको दफा ३० को उपदफा ३ बमोजिम थप कारबाही हुने समेत पसल सञ्चालकलाई जानकारी गराइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्