Shikhar Insurance
National Life

आज केही स्थानमा भारी वर्षाको सम्भावना

सिंहदरबार संवाददाता
२०८० असार २५, सोमबार १०:२५
Hyundai
NCELL
NIMB

काठमाडाैं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिण स्थानतर्फ अवस्थित रहेको छ ।

यसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो पनि सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रातिको समयमा पनि कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्