Shikhar Insurance
National Life

नेपाल नेत्रज्योति संघ र डाक फान्डेसनबीच सम्झौता, ८ हजारको निःशुल्क शल्यक्रिया हुने

सिंहदरबार संवाददाता
२०८० असार २४, आईतवार १४:३७
Hyundai
NCELL
NIMB

काठमाडौं। नेपाल नेत्रज्योति संघ र अष्ट्रेलियाको डाक फाउन्डेसनका बीचमा आपसी सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा संघका तर्फबाट अध्यक्ष प्रा.डा चेतराज पन्त र फाउन्डसनका तर्फबाट संस्थापक डेभ रिकार्डले हस्ताक्षर गरेका हुन्।

फाउन्डेसनले सन् २०२३ का लागि करिब ८ हजार जना आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रियाका लागि संघलाई अनुदान रकम उपलब्ध गराउने छ भने संघले विभिन्न अस्पताल तथा बाह्य कार्यक्रमहरुमार्फत आर्थिक अभावका कारण आँखा उपचार सेवाबाट बन्चित नागरिकहरुको निःशुल्क आँखा उपचार गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संघ र फाउन्डेसनका बीचमा सन् २०१९ देखि निरन्तर सहकार्य भइरहेको र यसैको निरन्तरतको स्वरुप यो वर्षका लागि करिब ८ हजार बिरामीहरुको निःशुल्क आँखाको शल्यक्रियाका लागि सम्झौता भएको हो ।

आर्थिक अभाव र पहुँचका कारण कोही पनि नागरिकले दृष्टिविहीन जीवन यापन गर्न नपरोस् भनेर जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको छ र कोही पनि नागरिकहरुले आर्थिक अभावकै कारण दृष्टिविहीन भएर बस्नु नपरोस् भनेर संघले विभिन्न दातृ निकायहरुसंगको सहकार्यमा दशैभरि निःशुल्क शिविरहरु सञ्चालन गरिरहेको बताउँछन् संघका महासचिव भरतबहादुर चन्द ।

डाक फान्डेसनको सहयोगमा अहिलेसम्म करिब ५ लाख बिरामीहरुको आँखा जाँच गरी ५२ हजार बिरामीहरुको निःशुल्क शल्यक्रियासमेत गरिएको बताउँछन् संघका कार्यक्रम व्यवस्थापक रञ्जन शाह।

अष्ट्रेलियन दम्पती डेभ रिकार्ड र केरी डिकार्डले आफ्नो व्यक्तिगत आयबाट सञ्चालन गरेको फाउन्डेशनले हाले विश्वका करिब १० देशका गरिबिको रेखामुनी रहेका नागरिकहरुलाई विभिन्न स्वास्थ सेवाहरु निःशुल्क रुपमा प्रवाह गर्न अनुदान दिइरहेको छ । विश्वका ५ लाख मानिसलाई ज्योतिको दोस्रो अवसर दिने लक्ष्य रहेको बताउँछन् फाउन्डेसनका संस्थापक डेभ रिकार्ड ।

सन् २०३० सम्ममा नेपालबाट उपचारपछि निको हुने अन्धोपनालाई निवारण गर्ने नेत्रज्योति संघको योजनामा डाक फाउन्डेसनले महत्वपुर्ण सहयोग पुर्याइरहेको बताउँछन् संघका कार्यकारी निर्देशक डा.शैलेसकुमार मिश्र । ‘अहिले पनि हाम्रो देशमा कतिपय नागरिकहरु आर्थिक अभावकै कारण आँखा उपचारबाट बन्चित छन् त्यस्ता नागरिकहरुलाई सेवा प्रवाह गर्न डाक फाउन्डेसन जस्ता दातृ निकायहरुको सहयोग महत्वपूर्ण छ’, मिश्रले भने ।

नेपाल नेत्र ज्योति संघले हाल देश भरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरूमार्फत नागरिकहरूलाई गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्