Shikhar Insurance
National Life

अपर तामाकोशी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने बोर्डले दियो अनुमति

सिंहदरबार संवाददाता
२०८० असार २४, आईतवार ११:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अपर तामाकोशी हाइड्रोपावर कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । धितोपत्र बोर्डले कम्पनीलाई १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न असार २२ गते अनुमति दिएको हो ।

कम्पनीले १०० प्रतिशत अर्थात १ः१ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हकप्रद सेयर निष्काशनका लागि कम्पनीले नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्