Shikhar Insurance
National Life

ओलीसँग इप्पानः ऊर्जामा बैंकको लगानी २५% चाहियो, बाढीले ९ खर्बको क्षति भयो, पुनर्कर्जा खोइ ?

सिंहदरबार संवाददाता
२०८० असार २४, आईतवार १०:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । इप्पानको नवनिर्वाचित कार्यसमिति र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच उनको निवास बालकोटमा भेटवार्ता भएको छ । नवनिर्वाचित इप्पानको कार्यसमितिलाई पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले बधाई तथा शुभकामना दिन आफ्नो निवास बालकोटमा आमन्त्रण गरेका थिए ।

भेटमा अध्यक्ष ओलीले ‘विकास विरोधी मुद्दाका विरुद्ध’ मिलेर जाने प्रतिवद्धतासमेत जनाए । इप्पानका अध्यक्ष गणेश कार्कीले संशाेधित वन ऐनमा ऊर्जा विकासका लागि बाधक हुने बुँदाहरू समावेश गरिएको भन्दै ती बुँदा संशाेधन नभई जस्ताको त्यस्तै ऐन पास भएमा जलविद्युत आयोजना र प्रसारणलाईन निर्माण गर्नै नसकिने अवस्था आउने बताए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालको समृद्धिको आधार भनेकै ऊर्जा क्षेत्र भएपनि यतिबेला यही क्षेत्रलाई चारैतिरबाट घेराबन्दीमा पारिएको इप्पानका पदाधिकारीहरूले बताए । अध्यक्ष ओलीले जलविद्युत क्षेत्रका तमाम समस्याको बारेमा आफू जानकार रहेको भन्दै अव्यावहारिक नीति नियमको विरुद्ध आफूले आवाज उठाउने बताए ।

ओलीसँगको भेटमा इप्पानले विद्युत ऐन तत्काल पारित गर्नका लागि भूमिका खेलीदिन, ऊर्जा विकास मैत्री नियम बनाउन, १० वर्षभित्र ऊर्जामा बैंकको लगानी २५ प्रतिशत पुर्‍याउनका लागि आवाज उठाइदिन, ३ वर्षदेखि रोकिएका सबै आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुलाउनका लागि दबाब सिर्जना गरिदिन, निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने विषयमा आवाज उठाइदिन, वन क्षेत्रको उपयोग र रुख कटानमा सहजीकरण गरिदिन, विद्युत खपतका लागि आवश्यक पूर्वाधा निर्माणका लागि आवाज उठाइदिन र बिस्फोटक पदार्थको अभाव हटाउन आफ्नो ठाउँबाट सहजिकरण गरिदिन माग गरेको थियो ।

त्यस्तै जेठ ३२ र असार १ मा आएको बाढीले ३० आयोजनामा करिब ९ खर्ब बराबरको क्षति भएको भन्दै ती आयोजनाको पुनःनिर्माणका लागि राष्ट्र बैंकमार्फत पुनर्कर्जा उपलब्ध गराउन, निर्माणाधीन आयोजनाको विद्युत उत्पादन गर्नुपर्ने मिति (आरसीओडी) २ वर्ष थप गराउन, सञ्चालनमा रहेका आयोजनाले पुनः विद्युत उत्पादन नगरेसम्म रोयल्टी मिनाहा गराउन, नुनःनिर्माणक लागि चाहिने मेसिनरी र पाटपुर्जाको भन्सार र मुअकर छुट गराउन, आयोजना पुनःनिर्माणको लागि लिने कर्जालाई २० वर्षसम्म पुर्नतालिका गराउन र क्षतिग्रस्त आयोजनाको अनुमतिपत्रको अवधि ५० वर्ष कायम गराउनको लागि आवश्यक समन्वय गरिदिन पनि इप्पानले माग गरेको थियो ।

भेटघाटमा इप्पानका अध्यक्ष कार्कीसहित वरिष्ठ उपाध्य मोहनकुमार डाँगी, उपाध्यक्ष उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाशचन्द्र दुलाल, सचिव भरत नेपाल, हिमप्रसाद पाठक र सदस्यहरू कुवेरमणी नेपाल, भरत पराजुली, विजयमोहन भट्टराई, इशा श्रेष्ठ, सुमन जोशी, मिथुन पौडेल, टिएन आचार्य र शंकर बश्याल लगायतका कार्यमसितिका पदाधिकारीहरु सहभागी थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्