Shikhar Insurance
National Life

ब्याजदर घटाउन मौद्रिक नीतिमा हस्तक्षेप गर्दै अर्थमन्त्री, गभर्नरसँगको सम्बन्ध चिसियो

सिंहदरबार संवाददाता
२०८० असार २४, आईतवार १०:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बैंक तथा वित्तीय संस्थाले छिट्टै ब्याजदर घटाउने बताएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा मन्त्री डा. महतले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने बताएका हुन् ।

उनले कोभिडलगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीलाई बैंकको ब्याजदर घट्ने कुराले ठूलो राहत हुने बताए । अर्थमन्त्री डा. महतले सरकारले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन चाहेको र सोहीअनुसारको व्यवस्था बजेटमा नै उल्लेख गरिएको उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्थमन्त्री डा. महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको बताए । उनले बढ्दो व्यापारघाटा कम गर्न सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको बताए । उनले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएकाले आन्तरिक वस्तुको खपतमा जोड दिन आम उपभोक्तालाई आग्रह गरे । कृषि वस्तुको खपत र रोजगारी सिर्जनाको क्षेत्रमा क्याटरिङ व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

अर्थमन्त्री महतले सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी प्रोत्साहनको नीति लिएको बताए । उनले कृषि अनुदान दुरुपयोग हुन नदिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरेको पनि स्मरण गराए ।

अर्थमन्त्रीले ब्याजदर घटाउन निरन्तर दबाव दिन थालेपछि नेपाल राष्ट्र बैंकका गभर्नरसँग भने सम्बन्ध चिसिएको छ । गभर्नर अधिकारीले विश्व बैंक र आइएमएफको हवाला दिँदै ब्याजदर घटाउन नसकिने बताउन थालेपछि अर्थमन्त्री चिढिएका थिए । अर्थमन्त्रीले सार्वजनिक कार्यक्रमहरुमै ब्याजदर घटाउन निर्देशन दिएको बताउँदै आएका छन् । मौद्रिक नीति कस्तो ल्याउने भन्नेबारे अर्थमन्त्री र गभर्नरबिच टकराब बढेको हो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्