Shikhar Insurance
National Life

मौद्रिक नीतिका लागि आइएमएफ गुहार्दै महासंघले भन्योः खुकुलो पार्न राष्ट्र बैंकलाई भनिदिनुस्

सिंहदरबार संवाददाता
२०८० असार २२, शुक्रबार १९:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा सान्चेजबीच शुक्रबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा अध्यक्ष ढकालले दुई संस्थाबीच विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका लागि कोषले सहयोग गर्नुपर्ने बताए ।

बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पूँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुर्नसंरचना, पुर्नतालिकीकरण पुर्नकर्जा सुविधा दिनुपर्नेमा महासंघले राष्ट्र बैंकसँग आग्रह गरिरहेको बताउँदै अध्यक्ष ढकालले यसमा अन्तर्राष्ट्रिय मुद्रा कोषको पनि सहयोग आवश्यक रहेको बताएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवसरमा आवासीय प्रतिनिधि टेरेसा सान्चेजले महासंघका अध्यक्षले राखेका विषयलाई आफूले महत्वका साथ लिएको बताइन । साथै यस बिषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने बताइन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्